नयाँ मुलुकी ऐन नागरिकको स्वतन्त्रता हनन् हुने गरी अायाे : सुदिप पाठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नयाँ मुलुकी ऐन नागरिकको स्वतन्त्रता हनन् हुने गरी अायाे : सुदिप पाठक

काठमाडौं, ५ भदौ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले नयाँ मुलुकी ऐन नागरिकको स्वतन्त्रता हनन् हुने गरी आएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आयोगका सदस्य पाठकले मानव अधिकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता विपरित आएको नयाँ मुलुकी ऐन नागरिकलाई पाच्य नहुने चेतावनी दिए ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नयाँ मुलुकी ऐनमाथि पत्रकार, चिकित्सकहरुले प्रश्नै प्रश्न उठाएको उल्लेख गर्दै उनले सो ऐनमा आफू पनि सहमत हुन नसक्ने पनि स्पष्ट पारे ।

सरकारले गत भदौ १ गतेबाट लागू गरेको नयाँ मुलुकी ऐन संविधानसम्मत नभएको आयोगका सदस्य पाठकको तर्क छ । उनले सो ऐनका विषयमा आयोग भित्र छलफल भईरहेको र छिट्टै औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए ।

आयोगका सदस्य पाठकले सर्वोच्च अदालतले रिहा गरेलगत्तै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पक्राउ गरेको भन्दै सरकारको आलोचना गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);