त्रिविका आङगिक क्याम्पसमा विद्यार्थीको संख्या घट्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

त्रिविका आङगिक क्याम्पसमा विद्यार्थीको संख्या घट्दै

tu

काठमाठौं, १ भदौ । त्रिभुवन विश्वविद्यालका आङगिक क्याम्पसहरुमा पछिल्लो समय विद्यार्थीहरुको संख्या घटेको छ । उच्च शिक्षाका लागि विदेश जानेक्रम बढेकाले क्याम्पसहरुमा विद्यार्थीको संख्या घटेको हो । नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा १० बर्षअघि ६ सय २० विद्यार्थीले नेपाली विषय अध्ययन गर्थे । पछिल्लो वर्षमा विश्वविद्यालयमा नेपाली विषय पढ्ने विद्यार्थी मुस्क्लिले २०/३० जना हुन्छन् ।

विश्वविद्यालयमा इतिहास, हिन्दी, राजनीतिशास्त्र लगायतका विभागहरुमा पनि विद्यार्थीहरुको संख्यामा कमी आएको छ । तर विश्वविद्यलयका पदाधिकारीले भने अन्य ११ वटा विश्वविद्यालय संचालामा आएकाले विद्यार्थी बाँडिएको प्रतिक्रिया दिएका छन् ।

विश्वविद्यालयको पाठ्यक्रम प्रविधिमैत्री, समयानुकूल परिमार्जन हुन नसक्दा विद्यार्थीको आकर्षण घटेको पाइन्छ । प्राध्यापकहरु निजि क्याम्पसमा लागेकाले पनि विद्यार्थी भर्ना कम भएको शिक्षाविद्हरुको भनाइ छ ।

विश्वविद्यालयको नेतृत्व र शैक्षिक नेतृत्वको उदासिनता र गैरसरकारी कलेजहरुमा पढाउँदा गौरव महशुस गर्ने अभिभावकका कारणले पनि सरकारी कलेजमा विद्यार्थीहरुको संख्यामा कमी आएको सरोकारवालाहरु बताउँछन् ।

दुख गरेर पढे पनि स्वदेशमा रोजगार नपाउने र विदेश पलायन हुनुपर्ने बाध्यताका कारण विश्वविद्यालयमा आकर्षण घटेको विद्यार्थीहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);