रिहा भए लगत्तै पुनः पक्राउ परे प्रकाण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रिहा भए लगत्तै पुनः पक्राउ परे प्रकाण्ड

prakanda

काठमाडौं १ भदौ । नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा भए लगत्तै पुनः पक्राउ परेका छन्। न्यायाधीशद्वय चोलेन्द्रशम्शेर जवरा र तेजबहादुर केसीको संयुक्त इजलाशले उनलाई रिहा गर्न आदेश दिएको हो।

शुक्रबार सर्वोच्च अदालतले उनलाई रिहार्इ गर्न आदेश दिएको थियो । रिहाइ भए लगत्तै उनलाई प्रहरीले हिरासतमा लिएको छ । केही समय अघि काभ्रेमा एनसेलको टावरमा आगजनी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हेटौंडाबाट काठमाडौं आउने क्रममा साउन २२ गते उनी पक्राउ परेका हुन् । चन्दा संकलन गरेको आरोपमा प्रहरीले उनलाई दक्षिणकालीबाट पक्राउ गरेको थियो। उनले करोडौ चन्दा संकलन गरेको प्रहरीको आरोप छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);