अनुप तिवारी
पर्सा, ३१ साउन । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा अनियमितता भएको समाचार प्रसारण भएपछि स्थानीय आन्दोलित भएका छन् । उनीहरुले गाउँपालकाको आयव्यय सार्वजनिक गर्न माग गरेका छन् ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ को असारमा नै विभिन्न कार्यक्रम गरेको भन्दै रकम निकासा गरेको थियो । तर,गाउँपालिकाले ती कार्यक्रम देखाउनको लागि गोप्य रुपमा साउन महिनामा गरेको थियो ।
गोप्य रुपमा भएको कार्यक्रमको समाचार माउन्टेन टेलिभिजनबाट प्रशारण भएपछि स्थानीय गाउँपालिका विरुद्ध आन्दोलित भएका हुन् । उनीहरुले गाउँपालिकाको आयव्यय सार्वजनिक गर्न माग गरेका छन् । स्थानीयले गाउँपालिकाको कार्यालय समेत घेराउ गरेका छन् ।
नेपाली कांग्रेस लगायतका दलले पनि गाउँपालिकामा भएको अनियमितताको विषयमा छानबिन गर्न माग गर्दै गाउँपालिकाका कार्यकारी अधिकृत शेर मुस्ताफलाई ज्ञापनपत्र बुझाएका छन् ।
गोप्य रुपमा कार्यक्रम गरि १ करोड भन्दाबढी रकम हिनामिना भएको स्थानीयले आरोप लगाएका छन् । उनीहरुले सो विषयामा तत्काल छानबिन गर्न माग गरेका छन् ।