नेपाल रेल्वेको जग्गा अनाधिकृत किनबेच | ईमाउण्टेन समाचार

Our Network

पुष १६ २०८१, मंगलबार

नेपाल रेल्वेको जग्गा अनाधिकृत किनबेच

railway jagga

बारा, ३१ साउन । बाराको विभिन्न स्थानमा रहेको नेपाल रेल्वेको सरकारी जग्गाहरु अनाधिकृत रुपमा किनबेच हुन थालेको छ ।

अन्य क्षेत्रमा जग्गाको मुल्य आकासिएपछि रेल्वेको जग्गा हेरविचार गर्ने निकाय नहुँदा सरकारी जग्गा व्यक्तिले नै किनबेच गर्न थालेको पाईएको हो । रेल्वेका लिकहरुमा दैनिकजसो मेलाजस्तै लाग्ने गरेको र सोही भीडमा जग्गाको खरीद विक्रीको हुने गरेको पाईएको छ ।

अतिक्रमित रेल्वेको कतिपय जगा जिल्लास्थित नापी र मालपोतजस्ता सरकारी अड्डाबाट जग्गा दलाले कागजात मिलाई नम्बरी बनाएर विक्री भईरहेको पाईएको छ भने धेरैजसो जग्गा एैलानी विक्री भएको पाईन्छ ।, आजको कारोवार दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);