धर्मको नाममा सरकारी जग्गा कब्जा ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

धर्मको नाममा सरकारी जग्गा कब्जा !

jagga kabja

काठमाडौं, १२ चैत । धर्मका नाममा स्थापित विश्व हिन्दु महासंघले अवैध रुपमा सरकारी जग्गा कब्जा गरेको पाईएको छ । महासंघले करिव १५ बर्षअघि सरकारबाट भोगाधिकार पाएको जग्गा कानुन्अनुसार भाडामा परिणत नगरी कब्जा गरेको पाईएको हो ।

महासँघ काठमाडौं महानगरपालिका वडा ३ मा कविर २५ रोपनी जग्गा अवैध रुपमा कब्जा गरेको छ । सो जग्गाको चलनचल्तीको मुल्य झन्डै तीन अर्ब रुपैयाँ हुने आउँछ । वडा ३ बाँसबारीमा रहेको कित्ता नम्वर ३४ र कति नम्बर ४३ को जग्गा डिल्लीबजार मालपोत कार्यालयले २०५९ बैशाख १७ गतेको निर्णयअनुसार महासंघलाई भोताधिकार दिएको थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);