सरकार आर्थिक अनुशासन पालना गराउन उदासिन : महालेखा परिक्षक शर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

सरकार आर्थिक अनुशासन पालना गराउन उदासिन : महालेखा परिक्षक शर्मा

tankamani sharma

काठमाडौं, ३० साउन । महालेखा परीक्षकको कार्यालयले सरकारले आर्थिक अनियमितता गर्नेमाथि कार्बाही नगरेकोमा असन्तुष्टि जनाएको छ । महालेखा परीक्षक टंकमणि शर्माले आर्थिक अनियमितता गर्नेमाथि सरकारले खासै कार्बाही नगरेको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

बुधबार महालेखा परीक्षकको कार्यालयको कामकार्बाहीबारे सार्वजनिक लेखा समितिलाई जानकारी गराउँदै उनले सरकार आर्थिक अनुशासन पालना गराउन उदासिन भएकाले बेरुजुको समस्या बढ्दै गएको दाबी गरे ।

महालेखा परीक्षक शर्माले लेखा परीक्षणको कामलाई प्रभावकारी बनाउन प्रदेश तहमा पनि सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए । उनले महालेखा परीक्षकको कार्यालयको कर्मचारीको परिचालनसम्बन्धि छुट्टै व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे ।

बैठकमा समितिका सदस्यहरुले लेखा परीक्षणमा देखिएको समस्या समाधानमा विशेष ध्यान दिन महालेखा परीक्षकको कार्यालयको ध्यानाकर्षण गराएका थिए । समितिका सदस्यहरुले बढ्दो आर्थिक अराजकता अन्त्य गर्ने योजना ल्याउन पनि महालेखा परीक्षकको कार्यालयको ध्यानाकर्षण गराए ।