स्वतन्त्रता दिवसको अवसरमा भारतले नेपाललाई दियो ३० एम्बुलेन्स | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

स्वतन्त्रता दिवसको अवसरमा भारतले नेपाललाई दियो ३० एम्बुलेन्स

varat

काठमाडौं, ३० साउन । भारतको ७२ औं स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न संघ–संस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको छ ।

भारतीय राजदूतावासमा बुधबार आयोजित कार्यक्रममा दूतावासले विभिन्न जिल्लाका अस्पताल, परोपकारी संस्था, शैक्षिक संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो । त्यसैगरी विभिन्न स्थानका ६८ वटा पुस्तकालयलाई पुस्तक र शैक्षिक सामग्रीसमेत प्रदान गरेको छ । भारतीय दूतावासले हालसम्म नेपालका ७७ जिल्लाका विभिन्न संघसंस्थालाई ६९२ वटा एम्बुलेन्स र १३६ वटा बस प्रदान गरिसकेको छ ।

कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले भारतको राष्ट्रिय झण्डा फहराई भारतका राष्ट्रपतिले राष्ट्रका नाममा दिएको सन्देश पढेर सुनाउनु भएको थियो । राजदूत पुरीले नेपाली जनतासँग भारतीय जनताको सम्बन्ध प्रगाढ रहेको भन्दै नेपालको शान्ति, स्थायित्व र समृद्धिका काममा भारत सधैं सहयोगी बन्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);