लगातारको वर्षाको कारण डडेल्धुराको जनजिवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

लगातारको वर्षाको कारण डडेल्धुराको जनजिवन प्रभावित

विमल जैरु
डडेल्धुरा, २९ साउन । लगातारको वर्षाको कारण डडेल्धुराको जनजिवन प्रभावित भएको छ । वर्षाका कारण अधिकांश ग्रामिण सडक बन्द हुँदा यात्रुहरु पैदल यात्रा गर्न बाध्य भएका छन् । ठाउँठाउँमा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । वर्षाका कारण सवारी साधन चलाउन कठिन भएको यातायात व्यवसायी र चालकले गुनासो गरेका छन् ।

बर्षाका कारण अमरगढी ५ मा रहेका ३ वटा पसलमा समेत क्षति पुगेको छ । यातायातका सवारी साधन नचल्दा यात्रु पैदलै हिडेर आवतजावत गर्न वाध्य भएका छन् ।

बर्सेनि सडक निर्माणका लागि करोडौं खर्च गरिएपनि मापदण्ड विपरित बनाइएकाले समस्या भएको स्थानीयले आरोप लगाएका छन् । दीर्घकालीन रुपमा सडकको समस्या समाधान गर्न उनीहरुले माग गरेका छन् ।।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);