नेपालमा पनि बन्ने भए ‘सिग्नेचर पुल’ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

नेपालमा पनि बन्ने भए ‘सिग्नेचर पुल’

signature bridge

काठमाडौं, २६ साउन । नेपालका अधिकांश पुल परम्परागत शैलीका छन् । तर नेपालमा पनि मौलिक संस्कृति, रहनसहन झल्कने गरी निर्माण गरिने विशेष खालका ‘सिग्नेचर पुल’ निर्माणको थालनी छिट्टै हुने भएको छ ।

यस्ता पुलको निर्माणले देशको सडक यातायातलाई थप सहज र सुलभ हुनुका साथै पर्यटन प्रवद्र्धन गर्न समेत मद्दत पुग्ने विश्वास गरिएको छ । यस्ता पुल नेपालमा पहिलो पटक निर्माण हुन लागेको हो ।

देशका विभिन्न भागमा निर्माण हुन लागेको यस्ता १० वटा पुलका लागि विश्व बैङ्कले आर्थिक सहयोग दिन लागेको र त्यसलाई अन्तिम रुपम दिन भदौ ५ गते काठमाडौँमा विश्व बैङ्क र नेपालका अधिकारीहरूबीच बैठक हुन लागेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको पुल महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले जानकारी दिए ।

महाशाखा प्रमुख थापाका अनुसार, चितवनको नारायणी, रुपन्देहीको तिनाउ, झापाको रतुवा, सर्लाहीको वागमती, मकवानपुरको राप्ती, काठमाडौँको तिलगङ्गास्थित वाग्मती, काठमाडौँको टेकूस्थित विष्णुमती र पोखराको विजयपुरस्थित सेती नदीमा ‘सिग्नेचर पुल’ निर्माणको तयारी भइरहेको छ ।

के हो ‘सिग्नेचर पुल ?’

सिग्नेचर पुलहरू सामान्य संरचनाभन्दा भिन्न हुन्छन् । यस्ता पुलहरूकै कारणले कुनै सहर वा ठाउँलाई परिचित बनाउँछ । यस्ता पुलको निर्माण लागत अन्य पुलको भन्दा बढी हुन्छ र ती पुलहरू गुणस्तर, सौन्दर्य, कलाकारिता र सञ्चालनका दृष्टिले अरु पुलहरू भन्दा भिन्न हुन्छन् ।

पर्यटकीय दृष्टिकोणले समेत अन्य सामान्य पुलभन्दा ‘सिग्नेचर पुल’ को डिजाइन फरक तथा आकर्षक हुने गर्दछन् । यस प्रकारको पुलको डिजाइन स्थानीय धर्म, संस्कृति र रहनसहन झल्किने गरी गरिएको हुन्छ । दायाँबायाँ फुटपाथ हुने यस प्रकारको पुलको डिजाइन पैदल यात्रुले पुलमा बसेर वरिपरिको दृश्यावलोकन गर्न तथा तस्बिर खिच्न सक्ने गरी गरिएको हुन्छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);