रामेछापमा दुर्घटना न्युनीकरण गर्न सचेतनामूलक अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

रामेछापमा दुर्घटना न्युनीकरण गर्न सचेतनामूलक अभियान सुरु

traffic ramechap

नवराज श्रेष्ठ
रामेछाप, २५ साउन । रामेछापमा सवारी दुर्घटना हुन नदिन ट्राफिक नियममा कडाइ गरिएको छ । सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले सचेतनामूलक अभियान सुरु गरेको छ । नियम विपरित सवारी साधन चलाए बापत ट्राफिक प्रहरीले दैनिक ५० हजारसम्म राजश्व संकलन गर्न थालेको छ ।

रामेछापमा ट्राफिक नियममा कडाइ गरिएको छ । सवारी दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरीले सचेतनामूलक अभियान चलाएको छ । प्रहरीले मापसे जाँचमा पनि कडाइ गरिएको छ । बजार क्षेत्रमा रहेका पुराना ट्राफिक नियम सम्बन्धि बोर्डहरु पनि परिवर्तन गरिएको छ । जसका कारण सवारी साधन चलाउन सहज भएको चालकहरुको भनाइ छ ।

यसअघि ट्राफिक नियम विपरित जथाभावी सवारी साधन पार्किङ गर्दा व्यवसायी मारमा परेका थिए । अहिल ट्राफिक नियममा कडाइ गरेपछि व्यवसायीलाई पनि सहज भएको छ । नियम विपरित सवारी साधन चलाउनेलाई कारबाही गरेबापत राजश्व संकलन बढेको छ । कारबाहीबाट प्रहरीले दैनिक ५० हजारसम्म राजश्व संकलन गर्ने थालेको छ ।

आर्थिक बर्ष २०७४-०७५ मा रामेछापमा ट्राफिक नियम उल्लंघन गर्ने ९ हजार ७ सय ८६ सवारी तथा ढुवानीका साधन कारवाहीमा परेका छन् । कारबाहीबाट ७४ लाख १२ हजार ५ राजश्व संकलन भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);