पर्साको सखुवा प्रसौनी गाँउपालिकामा अनियमितता | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

पर्साको सखुवा प्रसौनी गाँउपालिकामा अनियमितता

अनुप तिवारी

पर्सा, २५ साउन । पर्साको सखुवा प्रसौनी गाँउपालिकामा अनियमितता भएको खुलासा भएको छ । आर्थिक बर्ष २०७४/०७५ को असारमा नै विभिन्न शिर्षकमा कार्यक्रम गरिएको भन्दै रमक निकासा गरिएको छ । तर गाँउपालिकाले ती कार्यक्रम असारमा नभइ साउनमा गोप्य रुपमा गर्दै आएको छ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिकाले चरम लापरबाही गरेको देखिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ को असारमा विभिन्न कार्यक्रम गरिएको भन्दै चेक काटेको छ । तर ती कार्यक्रम नै नभइ गाउँपालिकाले रकम वितरण गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा कार्यक्रम गरिएको भन्दै देखाउनको लागि नयाँ आर्थिक वर्ष सुरु भएपछि गोप्य रुपमा कार्यक्रम गर्न थालिएको छ । विभिन्न संघसस्थाले गाउँपालिकाको बजेट सिध्याउन धमाधम साउन महिनामा कार्यक्रम गरिरहेका छन् । तर बजेट भने असारमा नै कार्यक्रम गरिएको भन्दै बुझेको स्थानीयले बताएका छन् ।

साउन २१ गते गाउँपालिकाले गरेको राजस्व गोष्ठीमा ३ लाख, साउन ७ देखि १० गतेसम्म गाउँसभा सदस्यलाई दिइएको तालिममा ७ लाख, बालविवाह तथा दाइजोप्रथा विषयक वक्तृत्वकलामा ३ लाख खर्च गरिएको छ ।

तर ती कार्यक्रमको बजेट भने असारमा नै सम्पन्न गरिएको भन्दै निकासा गरिएको छ । सो विषयमा गाउँपालिकाका कार्यकारी अधिकृतले भने गाउँपालिकाका अध्यक्षले कार्यक्रममा बोलाएकाले आफू सहभागि भएको प्रतिक्रिया दिएका छन्।

स्थानीयले गाउँपालिकाले कुन शीर्षकमा कति खर्च ग-यो सोको सूचान माग गरेका छन् । तर गाउँपालिकाले सूचना उपलब्ध गराउन आलटाल गरेको छ । सूचनाको माग गर्दै अहिलेसम्म चार वटा निवेदन परेको छ ।

गाउँपालिकाले कृषी, भौतिक पूर्वाधार, खेलकुद, तथा शिक्षाको बजेटमा पनि अनियमितता भएको सरोकारवालाले आरोप लगाएका छन् । गाउँपालिकामा चरम अनियमितता भएको भन्दै उनीहरुले छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);