काठमाडौं, २५ साउन । गृहमन्त्री रामबहादुर थापाले अपराधिक गतिविधि र ध्वंसात्मक क्रियाकलापमा संलग्न जोसुकैलाई पनि नछाडिने बताएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)माथि गरिएको कारबाही कानुनसम्मत रहेको गृहमन्त्रीले प्रतिक्रिया दिएका हुन् ।
गृहमन्त्री थापाले चन्दा आतंक र राज्यविरुद्ध ध्वंसात्मक गतिविधि गरेकाले प्रकाण्डमाथि कानुनी कारबाही थालिएको बताए । गृहमन्त्री थापाले चन्द नेतृत्वको नेकपासँग वार्ताको तयारी भैरहेको पनि बताए ।
गृहमन्त्री थापाले बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्नेहरु इकाउन्टरमै मारिएको दावी पनि गरे । उनले सरकार चालू आर्थिक वर्ष भित्र ८ प्रतिशतको दरले आर्थिक वृद्धिदर कायम गर्न केन्द्रित भएको पनि बताए ।