नेकपाका तल्ला कमिटी एकीकरण कहिले ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

नेकपाका तल्ला कमिटी एकीकरण कहिले ?

nekapa

काठमाडौं, २५ साउन । तत्कालीन एमाले र माओवादी केन्द्रले जेठ ३ गते पार्टी एकता गरेको चार दिनपछि अर्थात् जेठ ७ गते बसेको केन्द्रीय सचिवालय बैठकले दुवै पार्टी मातहतका कमिटी तथा जनवर्गीय सङ्गठनको एकता साउन मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेका थियो । तर, तीन महिना बितीसक्दा पनि कामले खासै गतिलिन सकिरहेको छैन ।

पार्टी एकता हुँदा भएको निर्णयअनुसार नेकपाका दुवै पार्टी मातहतका कमिटी तथा जनवर्गीय सङ्गठनको एकता भदौ ५ गतेसम्म पूर्णरूपमा सकिन पर्ने हो । तर एकताको भएको लामो समय हुँदापनि केन्द्रीय कमिटी, स्थायी समिति र केन्द्रीय कार्यालयबाहेक अन्य कमिटीमा ठोस प्रगति भएको छैन । दुवै पार्टी मातहतका कमिटी तथा जनवर्गीय सङ्गठनको एकता तीन महिनाभित्र सम्पन्न गर्ने पूर्ववत निर्णय कार्यान्वयन नहुने देखेपछि त्यसलाई एक महिना पछि सारिएको छ ।

जेठ सातको बैठकबाट एकताका लागि बनाइएका कार्यदलहरूको प्रतिबेदन बुझाउने समय १५ दिन तोकिएको थियो । तर, म्याद थप्दै साउनको मसान्त पु¥याएको छ । जेट १६ गते जानकारी गराइएकोमा असार एक गतेभित्र नैं कार्यदलले काम सक्नुपर्ने थियो । तर, सयम दुइमहिना थप लाग्नुले नैं तल्लो निकायको एकतामा जटिल छ भन्ने स्ष्ट संकेत गरेको छ ।

यस्तो जटिलता अन्त्यगर्न पूर्ववत दुईपार्टीबीच अनुपातकै आधारमा नेतृत्व र कमिटीमा रहनेहरूको संख्याको बाँडफाँड गर्ने विकल्पसहित एकै पटक केन्द्रबाटै निर्णय हुनसक्ने सम्भावना पनि देखिएको छ ।

नेकपामा भौगोलिक र गैरभौलिक गरी ८८ कमिटी रहने छन् । नयाँ विधान अनुसार ७७ जिल्ला कमिटी भौगलिक हुनेछन् भने ११ वटा गैरभौगोलिक कमिटी रहनेछन् । अहिले ७ वटै प्रदेशको एकताका लागि कार्यदल बनेका छन् । भने जनवर्गीय संगठन सबैको एकीकरण गर्न पनि विभागीय कार्यादल बनेका छन् ।

जेठ तीन गते पार्टी एकताको घोषणापछि पनि नेकपामा देखिएको उत्साह तल्ला तहका कमिटीको एकीकरणमा भएको ढिलाइले खुम्च्याइ दिएको छ । जसले गर्दा नेकपाका तल्ला तहका गतिविधि शून्य प्रायः बनेका छन् । केन्द्रमा समेत जिम्मेवारी बाडफाँट नहुँदा नेकपा सरकारका काममा भर पर्ने अवस्थामा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);