कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित विवादित क्षेत्रमा भारतले सडकनिर्माण रोक्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित विवादित क्षेत्रमा भारतले सडकनिर्माण रोक्यो

sadak nirman

कञ्चनपुर, २४ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षले सडक निर्माण स्थगन गरेको छ ।

भारतीय पक्षले नेपाली भूमि मिचेर ब्रह्मदेवको सीमा पिल्लर नम्बर ३ हराएको क्षेत्रमा भारतले सडक विस्तार गर्न खोजेपछि केही दिनयता विवाद बढेको थियो । स्थानीय प्रशासनले भारतको उत्तराखण्डका प्रमुख जिल्ला अधिकारी स्तरमा विवादित क्षेत्रमा तत्काल काम रोक्न आग्रह गरेपछि सो क्षेत्रमा सडक बनाउन रोकेको हो ।

केही महिनाअघि नेपाल–भारत संयुक्त सर्वे टोलीले ३ नम्बर सीमा पिल्लर, ब्रह्मदेवस्थित महाकाली नदी बाँधको सिँढी रहेको स्थानलाई मान्ने सहमति गरेको थियो । स्थानीयले पनि बाँध चढ्ने उक्त सिँढीलाई नेपाल–भारत सीमा मान्दै आएका थिए । तर भारतीय पक्षले नदीको बाँधको फेदमा पनि टनकपुर ब्यारेजबाट करीब एक हजार तीन सय मिटर सडक बनाउन थालेपछि सीमा विवाद बढेको थियो ।

टनकपुर ब्यारेजदेखि उत्तर करीब एक हजार मिटर दूरीमा सीमा मानिँदै आएको सिँढी पर्छ । तर, भारतीयले एकतर्फी रुपमा नेपाली पक्षसित समन्वय नै नगरी सीमाभन्दा करीब तीन सय मिटर नेपालतर्फ सडक विस्तार थालेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);