बिमस्टेकलाई लक्षित गरी काठमाडौंका सडक रातरात कालोपत्रे गरिँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

बिमस्टेकलाई लक्षित गरी काठमाडौंका सडक रातरात कालोपत्रे गरिँदै

sadak

अप्सरा लामिछान
काठमाडौं, २३ साउन । आगामी भदौमा हुने भनिएको बिमस्टेक बैठकलाई लक्षित गरी काठमाडौंका सडकका खाल्डा खुल्डी रातारात पुरिँदै छ । मुख्य सडकमा रातारात कालोपत्रे गरीए पनि अन्य क्षेत्रको सडकको अवस्था भने उस्तै छ ।

कुनै विदेशी राष्ट्रप्रमुखको भ्रमण होस या अन्तर्राष्ट्रिय सम्मेलनका बेला काठमाडौंका सडक रातारात कालोपत्रे गरिन्छ । आगामी भदौमा हुने भनिएको बिमस्टेक बैठकलाई लक्षित गरी अहिले काठमाडौंको मुख्य सडकमा कालोपत्रे गर्ने काम भइरहेको छ ।

विदेशी पाउना हिँड्ने सडकमा कालोपत्रे गरिए पनि अन्य स्थानको सडकको अवस्था भने उस्तै छ । यतिबेला सडक विभागका कर्मचारी रातारात मुख्य सडकका खाल्डा पुर्न व्यस्त छन् भने महानगरपालिका सडक किनारामा बृक्षरोपण गर्न व्यस्त छ । सर्वसाधारण भने विशेष अवस्थामा देखावटी रुपमा हुने यस्ता गतिविधि रोक्नुपर्ने बताउँछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न ६ राष्ट्रका सरकार र राष्ट्रप्रमुख आउने भएपछि काठमाडौंका सडकलाई चिटिक्क पार्न सरकारले सम्बन्धित निकायलाई घच्घचाइरहेको छ । त्यसैले वर्षामै भए पनि सडक विभागका अधिकारीहरु निकै सक्रिय भएर काम गरिरहेका छन् ।

अन्य क्षेत्रको सडक धान रोप्नका लागि तयार पारिएको खेत जस्तै हुँदासमेत वास्ता नगर्ने सरकारले विदेशी पाहुना आउँदा देखावटी रुपमा काम गरेको सर्वसाधारणले भने रुचाएका छैनन् ।