संसदीय समितिका नेतृत्वको विषयमा विवाद कायमै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

संसदीय समितिका नेतृत्वको विषयमा विवाद कायमै

samsadh parlyament

काठमाडौं, २२ साउन । ढिला गरी गठन भएका संसदीय समितिहरुले काम सुरु गरेका छन् । समिति गठन भए पनि नेतृत्वको विषयमा भने अझै टुंगो लागेको छैन । नेतृत्वको विषयमा दलहरुबीच विवाद कायमै रहँदा समितिले तत्काल प्रभावकारी रुपमा काम गर्नसक्नेमा आशंका छ ।

संसद सुरु भएको पाँच महिना पछि मात्र संसदीय समितिहरु गठन भएका छन् । सरकारको कामकार्बाहीको निगरानी राख्ने, सरकालाई आवश्यक निर्देशन दिने, संसदमा आएका विधेयकहरुमा दफाबार छलफल गर्ने तथा पारित गरेर संसदमा प्रस्तुत गर्ने जिम्मेवारी रहेको संसदीय समितिका नेतृत्वको विषयमा भने अझै टुंगो लागेको छैन । त्यसमाथि सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दल २०४८ सालको अभ्यास पछ्याउने वा २०६४ पछिको भन्नेमा पनि विवाद गरिरहेका छन् ।

संसदीय समिति गठन भएसँगै सोमबार प्रतिनिधिसभा अन्तरगतका १० वटै समितिको पहिलो बैठक बस्यो । जेष्ठ सदस्यको अध्यक्षतामा बसको बैठक परिचयात्मक र कार्यविधिको सामान्य छलफलमा सिमित भयो । नेतृत्वको विषयमा विवाद रहेपछि समिति गठन भए पनि तत्काल प्रभावकारी रुपमा काम सञ्चालन हुनेमा आशंका छ ।

सोमवार नै प्रतिनिधिसभाले चिकित्सा शिक्षा, लेखा परीक्षण, बिमा र सार्वजनिक सुरक्षासम्बन्धी विधेयक समितिमा पठाइएको छ भने राष्ट्रियसभाले प्रशासकीय अदालत गठनसम्बन्धी विधेयक सम्बन्धित समितमा पठाएको छ । योसँगै केही समितिले विजनेश पाएका छन् । मिनी संसदका रुपमा मानिने समितिहरूको सक्रियताले सिंगो संसदको प्रभावकारिता निर्धारण गर्छ । तर दलहरुबीचको विवादले अझै कतिदिन जेष्ठ सदस्यको अध्यक्षतामा समिति चल्ने हुन भन्ने टुंगो छैन ।

त्यसो त सरकारले विधेयक तयार नपार्दा संसद् नै बिजनेसविहीन अवस्थामा छ । बिजनेश नभएकै कारण प्रतिनिधिसभाको बैठक आगामी २७ गतेसम्म स्थगित भएको छ । यसले संसदको प्रभावकारिता मात्र नभएर सरकारको क्रियाशीलताका विषयमासमेत प्रश्न उठाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);