समितिले अर्थ मन्त्री र गृहमन्त्रीसँग छुट्टाछुट्टै छलफल गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

समितिले अर्थ मन्त्री र गृहमन्त्रीसँग छुट्टाछुट्टै छलफल गर्ने

rambahadur and yubaraj

काठमाडौं, २२ साउन । संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिले अर्थ मन्त्री डा. युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापासँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको छ ।

समितिको मंगलबार बसेको पहिलो बैठकले दिगो विकास सम्बन्धि कार्य योजनाबारे जानकारी लिन अर्थमन्त्री खतिवडा र सुशासनको योजनाबारे जानकारी दिन गृहमन्त्री थापासँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको हो ।

संयुक्त राष्ट्र संघ र संविधानमा व्यवस्था गरिए बमोजिम दिगो विकासका लागि सरकारको कार्ययोजनाबारे जानकारी दिन अर्थ मन्त्री खतिवडा र सुशासनका विषयमा छलफल गर्न गृहमन्त्री थापासँग छलफल गर्ने निर्णय गरिएको समितिका जेष्ठ सदस्य दिनानाथ शर्माले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले संयुक्त राष्ट्र संघको दिगो विकास सम्बन्धि सूचक र नेपाल सरकार आफैले पनि बनाएको सूचक अनुसारको कामलाई अघि बढाउन आवश्यक छलफल गर्न अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग छलफल गर्न आवश्यक हुने धारणा राखेका थिए ।

दिगो विकास तथा सुशासन समितिको कार्य क्षेत्र भित्र नेपाल सरकारले अख्तियार गरेको दिगो एवम् सन्तुलित विकास र सुशासन प्रवद्र्धन सम्बन्धि विषय रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);