नेपाल–भारत व्यापार समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

नेपाल–भारत व्यापार समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

kp oli pm

काठमाडाैं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा देखिएको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार मोरङका उद्योगीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले बढ्दो उपभोक्तावादी चिन्तनले व्यापार घाटा बढ्दै गएको भन्दै भारतसँगको व्यापारमा देखिएको समस्या तत्काल समाधान गरिने बताए ।

विश्वको जुनसुकै ठाउँमा उत्पादित बस्तुको उपभोग बढ्दै गए पनि आफैं उत्पादन गर्नेतर्फ भने ध्यान नपुगेको ओलीको भनाइ छ । उनले नेपाल र भारतबीच व्यापारमा देखिएका असमझदारीहरु हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली भारत पठाउने तयारी गरिएको जानकारी दिए ।

उनले नेपालमा हुने विमस्टेक सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि यसबारे कुरा गर्ने बताए । नेपाललाई आयातकर्ताबाट निर्यातकर्ता, गरिबबाट सम्पन्न, पछौटेपनबाट आधुनिक, बेरोजगारबाट रोजगारयुक्त नेपालमा बदल्न उद्यमी व्यवसायीले योजना ल्याए सरकारको साथ सहयोग गर्ने उनको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);