लोकतन्त्रमाथि चुनौति थपियो : सिटौला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

लोकतन्त्रमाथि चुनौति थपियो : सिटौला

krishna-sitaula

काठमाडौं, १९ साउन। नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले लोकतन्त्रमाथि चुनौति खडा भएको बताएका छन् । महिला उत्थान केन्द्रले शनिबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै नेता सिटौलाले संबैधानिक निकायले निश्पक्ष काम गर्न नसक्ने अवस्था श्रृजना भएको भन्दै यस्तो अवस्थाले अन्तत लोकतन्त्रमाथि नै चुनौति थप्ने बताएका हुन् ।

केन्द्र देखि प्रदेश र स्थानीय तहसम्म नै दुई तिहाईको सरकार भएकाले शक्ति सन्तुलनको अवस्था डरलाग्दो भएको उनले बताए । उनले सबै तहका सरकारका नियम, कानुन र व्यवस्थाहरु एक अर्कासंग मेल नखानुले मुलुकमा स्पष्ट रुपमा निर्णयकर्ताको अभाव देखिएको र यसले देशलाई अराजकता तर्फ धकेल्ने उनको तर्क छ ।

संविधानले निदृष्ट र परिकल्पना गरेको मार्गचित्रमा सरकार अघि बढ्न नसकेको उनले टिप्पणी गरे । संविधानले सबै वर्ग, जात जाति र भाषा भाषीको अधिकार सुरक्षित गरे पनि सरकार ती अधिकार प्रत्याभुतिका लागि बनाउनुपर्ने ऐन निर्माणमा चासो नदिएको नेता सिटौलाले बताए ।

निर्धारित समय भित्र संविधान प्रदत्त अधिकार प्रत्याभुतिका लागि ऐन बन्न नसक्दा मुलुक थप संकटमा पर्ने उनले बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);