एजेन्सी, १८ साउन । चीन र दक्षिणपूर्व एसियाली नौ सेनाका सैनिकहरुले दक्षीण चीन सागरमा संयुक्त सैन्य अभ्यास गरेका छन् । चीनका बिदेश मन्त्री वाङ्ग यीले यो अभ्यासलाई दक्षिण पूर्व एसिया सँग चीनको सुरक्षा सम्वन्ध बढाउने प्रयासको सुरुवात बिन्दु रहेको बताए ।
संकट कुनबेला आँउछ पहिले जानकारी हुँदैन । तर संकट आएपछि मानिस भन्दा बढी राष्ट्रहरु आफ्नो संकट टार्न प्रयास गर्छन । संकटको घडीमा शत्रुसंग संयुक्त रुपमा भिड्न चीन र दक्षिण पूर्व एसियाली नौसेनाका सैनिकहरु दक्षिण चीन सागरमा सैनिक अभ्यास गरेको थियो ।
चीनका विदेश मन्त्री वाङ्ग यीले यो अभ्यासलाई दक्षिण पूर्व एसिया संग चीनको सुरक्षा सम्वन्ध बढाउने प्रयासमा एउटा सुरुवात विन्दु रहेको बताएका छन् । चीनका बिदेश मन्त्रीले एसियाको बिवादमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाएको छ ।
अमेरिकी सेनाले चीनको कृत्रिम द्दिपको नजिकका क्षेत्रहरुमा बिशाल विमान बाहक एयर क्राफ्ट र लडाकु जेट विवादित क्षेत्रमा गस्ती गरीरहेको चीनको आरोप छ । जल स्वतनत्रता विरुद्धको कदम भएको चीनको भनाई छ ।
विवादित चीन सागरमा अमेरिकी फाइटर प्लेनबाट बढाइएको गस्तीले तनाव बढाउने काम गर्न सक्ने अवस्था चीन र एसियानले तनाव कम गर्न सिंगापुरमा विदेश मन्त्रीहरुको बैठकमा एउटा आचार संहिताको प्रारम्भिक मसौदा बनाउने छलफल भएको छ ।
आचार संहिता छिट्टै निर्माण गरी त्यसको पालना गर्ने बताइएको छ । चीनमा योजनाबद्ध नौसैनिक अभ्यासपछि सिंगापुरमा कम्युटर सिमुलेटेड अभ्यासहरुबाट दक्षिण पूर्व एसियाली राष्ट्रहरुसँगको सम्बन्ध अझै प्रगाढ हुने चीनको विश्वास छ । शुक्रबार सम्पन्न सैनिक अभ्यासमा सबै प्रकारका युद्धकला प्रर्दशन गरिएको छ ।