चीन, रुस र इरानका नौसेनाले सुरुगरे संयुक्त अभ्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

चीन, रुस र इरानका नौसेनाले सुरुगरे संयुक्त अभ्यास

काठमाडौं,२९ फागुन । चीन, रुस र इरानका नौसेनाले ओमानको खाडीमा संयुक्त अभ्यास शुरु गरेका छन् । चीनको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चीन, रुस र इरानका नौैसेनाले सोमबार शुरु गरेको संयुक्त अभ्यास शुक्रबारसम्म चल्नेछ ।

चीनले अभ्यासमा सहभागि हुन निर्देशित–मिसाइल विनाशक उरुम्की, निर्देशित–मिसाइल फ्रिगेट लिनी र व्यापक आपूर्ति जहाज डोङपिङ्हु पठाएको बताएको छ । यो क्षेत्रमा गत वर्ष मार्चमा यी तीनै मुलुकबीच ‘सेक्युरिटी बन्ड २०२३’ नामक अभ्यास भइसकेको छ । गाजामा युद्ध चर्किएको र यमनमा इरान समर्थित हुथी विद्रोहीले लाल सागरमा जहाजहरूमा आक्रमण शुरु गरेकाले यो वर्षको संयुक्त अभ्यासको चरण यो क्षेत्रमा बढ्दो तनावसँग मेल खाएको बताइएको छ ।

मुलुकको प्रशान्त फ्लिटबाट भर्याग क्रुजरको नेतृत्वमा जहाजको एउटा टुकडी अभ्यासअघि सोमबार इरानी बन्दरगाह चाह बहार पुगेको रुसी राज्य मिडियाले बताएको छ । अभ्यासको व्यावहारिक हिस्सा अरब सागरमा ओमानको खाडीको पानीमा हुनेछ रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले जनाएको छन् । युद्धाभ्यासको प्रमुख उद्देश्य सामुद्रिक अर्थिक गतिविधिको सुरक्षामा काम गर्नु रहेको भनिएको छ ।

Leave a Reply