काठमाडौं, १७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको विहीबारको बैठकमा कांग्रेसले मन्त्रीसंगको प्रश्नउत्तरको व्यवस्था मागमा सभामुखले उपलब्ध नगराएपछि कांग्रेस बैठक बहिष्कार गरेको हो ।
प्रतिपक्षी दलका सांसदहरुले विरोध गर्दै उभिईरहेका बेला सभामुखले कार्यसुची अनुसारका कार्यक्रम अघि बढाएपछि कांग्रेसका सांसहरु बैठक कक्ष छोडेर बाहिरिएका हुन्