सेती नदीमा बेपत्ता किशोरीको सुसाइड नोटः 'मेरो शरीरलाई कसैले नछुनु' | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

पोखरा, ५ भदौ । पोखराको रामघाटस्थित सेती नदीमा हामफाली एक किशोरी बेपत्ता भएकी छिन्। पोखरा लेखनाथ महानगर–१५ शिवचोक घर भई रामबजार स्थित कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी अग्नि गुरुङ आइतबार साँझ सेतीमा हाम फालेर बेपत्ता भएकी हुन्।

 

बेपत्ता गुरुङले हामफाल्नुअघि लेखेको सुसाइट नोटमा ‘मेरो शरीरलाई कसैले नछुनु’भनी उल्लेख गरेको एक पत्रसमेत फेला परेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ।