भिखारी संघको अध्यक्षको घरमा रु तीन लाख फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विराटनगर, ५ भदौ । भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरमा रु तीन लाख १५ हजार रकम फेला परेको छ ।

 

अध्यक्ष मण्डलको घर डुबानमा परेको थियो । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो ।

 

सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो ।

 

अधिकांश नोट भिजेको अवस्थामा फेला परेको थियो । सोमध्ये एक हजारको नोट एक लाख नौ हजार बाँकी नोट रु ५०० र १०० को रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

अशक्त अवस्थामा रहेका उनले मगन्तेका रुपमा सो रकम संकलन गरेका हुन् । एक्कासि बाढीको पानी घरभित्र प्रवेश गरेपछि सो नोटको बोरा निकाल्न नसकेको उनले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);