नेपाली कांग्रेसकाे देशव्यापी प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेपाली कांग्रेसकाे देशव्यापी प्रदर्शन

congress

काठमाडौं, १६ साउन । सरकार स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सडकमा उत्रिएको छ । सरकार बनेको छ महिनामा पुरा नहुँदै कांग्रेस सडकमा आउँदा सत्तापक्षका नेताहरु समेत सरकारले सम्यमता अपनाउन नसकेको बताइरहेका छन् । विश्लेषकहरुले भने प्रतिपक्षलाई सरकारले नै सडकमा पठाएकोे टिप्पणी गरेका छन्।

सरकारको छैटौ महिनाको कार्यकाल जारी रहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गरेको छ । समृद्धि र सुशासनको नारा दिएर बनेको दुुइतिहाई बहुुमतको सरकारलाई प्रमुख प्रतिपक्षले तिनै जनजीविकाका सवाल उठाएर चुनौति दिइरहेको छ ।

प्रधानमन्त्रीले माइतिघर भन्दा बाहिर जाने हैसियत नभएर माइतिघरलाई निषेधित क्षेत्र घोषणाको विरोध गर्यो भन्ने आरोप लगाएपछि आक्रोसित भएको कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको छ । सत्तापक्षकै नेताहरुले यसलाई समृद्धिको नारा लिएरको सरकारबाट कमजोरी गरेको बताएका छन् ।

सरकारको छ महिना पुरा नहु्ँदै आन्दोलनमा गएका विषयमा सामाजिक संजाल देखि संसदसम्म आन्दोलनको औचित्य उठाइ राखिएको छ । सत्तापक्षका नेताहरुले त कांग्रेसको आन्देलनलाई एजेण्डाविहिन आन्दोलनका रुपमा टिप्पणी गरिरहेका छन् ।

तर, विश्लेषकहरु प्रतिपक्षको काम नैं सरकारलाई सचेत गराउने भन्दै सडकमा जानुलाई स्वभाविक रुपमा टिप्पणी गर्छन् । नेपाली कांग्रेसले सडक प्रदर्शनका क्रममा महंगी, सरकारको स्वैच्छाचारी प्रवृतिसँगै सबै क्षेत्रमा हस्ताक्षेपको विरोध गरेको छ । कतिपय विश्लेषकहरु कांग्रेसले सर्वसत्तावाद भनेपनि सरकारले स्वेच्छारिता भने देखाइरहेको बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);