युरोपेली पूर्वाधार बैंकलाई नेपालमा लगानी वृद्धि गर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

युरोपेली पूर्वाधार बैंकलाई नेपालमा लगानी वृद्धि गर्न आग्रह

काठमाडौं, १६ साउन । सरकारले युरोपेली पूर्वाधार बैंकलाई नेपालमा लगानी वृद्धि गर्न आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले युरोपली पूर्वाधार बैंकलाई नेपालमा लगानी वृद्धि गर्न आग्रह गरिएको जानकारी दिएका छन् ।

युरोपका विभिन्न मुलुकको भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केका मन्त्री ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बैंकले नेपालको उर्जा, कृषि र पूर्वाधार विकासमा लगानी वृद्धि गर्न चासो लिएको बताए । मन्त्री ज्ञवालीले यूरोपियन युनियन पनि नेपालमा लगानी अभिवृद्धि गर्न इच्छुक देखिएको उल्लेख गरे ।

युरोपेली पूर्वाधार बैंकले नेपालको उर्जा र पूर्वाधार विकासको क्षेत्रमा आर्थिक तथा प्राविधिक लगानी गर्दै आएको छ । मन्त्री ज्ञवालीले आफ्नो भ्रमणपछि युरोपबाट नेपालका लगानी थप वृद्धि हुने विश्वास व्यक्त गरे ।

युरोप बसाईका क्रममा उनले गैरआवासीय नेपालीहरुलाई पनि नेपालमा लगानी भित्र्याउन आवश्यक पहल गरिदिन आग्रह गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);