ओली सरकारबारे भविष्यवाणी : अब भिडन्त हुन्छ, मन्त्रीबीच विवाद देखिन्छ (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

ओली सरकारबारे भविष्यवाणी : अब भिडन्त हुन्छ, मन्त्रीबीच विवाद देखिन्छ (भिडियो सहित)

bijaykanta karna

काठमाडौं, १४ साउन । नेपाल कम्युनिष्ट पार्टी मुलुककै सबै भन्दा ठुलो राजनीतिक दल हो । र नेकपाकै नेतृत्वमा अहिले सरकार बनेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । सरकार संचालन गरेको पाँच महिनापछि उनले पार्टीपंतिलाई एक ठाउँमा भेला पारेर सरकारले गरेको राम्रो कामको बचाऊ र प्रचार भएन भनेर असंतुष्टी व्यक्त गरे । यो असंतुष्टीलाई कसैले गुनासो भनेका छन् त कसैले प्रधानमन्त्री भित्रको भय र त्रासको अभिव्यक्ति भएको बताएका छन् । दुई तिहाई समर्थन प्राप्त दलको अध्यक्षले यस्तो बोल्नुपर्ने अवस्था किन आयो ? सरकारको प्रधानमन्त्रिले आफ्नो र सरकारको बचाऊ भएन भन्ने ठाउँसम्म किन पुग्नुपर्‍यो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले विश्लेषक विजयकान्त कर्णसँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);