सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक मनाङेलाई सफाई | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

काठमाडौँ, ५ भदौ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक मनाङेलाई सफाइ दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चार वर्षभन्दा बढी समय लगाएर अनुसन्धान गरेको मुद्दामा विशेष अदालतले वादीको दाबीअनुसार प्रमाण पुग्न नसकेको भन्दै मनाङेलाई सफाइ दिएको हो । अदालतको अन्तिम सुनुवाइबाट सफाइ पाएपछि दुई करोड ९० लाख रुपियाँ धरौटीमा रिहा गरिएको थियो।

 

मनाङेसहित अदालतले उनकी श्रीमती पासाङ डोमा शेर्पालाई पनि सफाइ दिएको छ । गैरकानुनी रूपमा कमाएको सम्पत्ति लुकाउन सहयोग गरेको भन्दै श्रीमती डोमालाई पनि मतियारका रूपमा विपक्षी बनाइएको थियो । सफाइ पाएका मनाङे राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध छन्। उनी राप्रपा मनाङका अध्यक्ष समेत हुन्।

 

आइतबार विशेषका न्यायाधीशहरू पवनकुमार शर्मा, बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले मनाङेलाई सफाइ दिएको हो। विशेषका रजिस्ट्रार भीमकुमार श्रेष्ठले आरोप दाबीअनुसार प्रमाण प्राप्त नभएको भन्दै इजलासले सफाइ दिएको बताए। आजको गोरखापत्रले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);