झोलामा खोला राखेर बसेका ४१ कम्पनीको हुने भो निदहराम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौँ, ५ भदौ । चार हजार दुई सय ३२ मेगावाट बराबरको विद्युत्को लाइसेन्स लिएका ४१ आयोजना खारेज गर्ने प्रक्रिया सुरु भएको छ। लाइसेन्स लिएका, तर उत्पादन अनुमतिपत्रको निवेदन दिए पनि आवश्यक प्रक्रिया पूरा नगरेका आयोजनाको लाइसेन्स खारेज हुने भएको हो।

 

लाइसेन्स लिएको आयोजनाले उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) प्राप्त गर्न वित्तीय व्यवस्था, वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदन वा प्रारम्भिक वातावरणीय परीक्षण ९आइइई० प्रतिवेदन, विद्युत् खरिद–बिक्रीको सम्झौता वा कनेक्सन एग्रिमेन्ट वा विद्युत् खरिद–बिक्री सम्झौतालगायत पेस गर्नुपर्छ।

 

तर, ती आयोजनाले त्यस्ता प्रक्रिया पूरा नगरेको विद्युत् विकास विभागको भनाइ छ । विभागले ती कम्पनीलाई सूचना जारी गर्दै ३५ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरेर आयोजना अगाडि बढाउन र त्यसो नगरे खारेज हुने स्पष्ट पारेको छ । विभागले प्रक्रिया पूरा नगर्ने आयोजनालाई चिठी लेख्दै आयोजनाका काम तत्काल अघि बढाउन निर्देशन दिइसकेको छ ।  आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);