कतै साम्राज्ञीले कन्फ्यूज बनाएकी त छैनन् ? | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

कतै साम्राज्ञीले कन्फ्यूज बनाएकी त छैनन् ?

samragyee

काठमाडौं, १२ साउन । साम्राज्ञी राज्यलक्ष्मी शाह, छानेर फिल्म गर्ने अभिनेत्रीको लिस्टमा दरिन्छिन् । गएको तीन वर्षमा ‘ड्रिम्स’ सहित उनका तीन फिल्म रिलिज भए । ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ बक्सअफिसमा सुपरहिट साबित भएपनि ‘तिमीसँग’ औसत रह्यो ।

लगातार दुई हिट फिल्म आफ्नो नाममा लेखाएपछि उनको डिमाण्ड केहि समययता बढ्दो छ । चर्को पारिश्रमिक बुझ्ने नायिकामा उनको नाम अग्रणी स्थानमा आउने गर्छ । गएको वर्ष दुई फिल्म लिएर आएकी उनले यस वर्ष पनि यो संख्या घटाएकी छैनन् ।

साउन १८ गते अभिनेता आर्यन सिग्देलसँग रोमान्स गरेको फिल्म ‘कायरा’ रिलिज हुँदैछ भने असोज ५ मा नव-अभिनेता धिरज मगरको जोडी बनेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शन हुँदैछ । दुई फिल्मको रिलिज अन्तर लगभग डेढ महिना जस्तो छ । तर, प्रचार अस्त्र हेर्दा लाग्छ दुवै फिल्म एकै मितिमा रिलिज हुँदैछन् ।

‘इन्टु मिन्टु…’ को टीजर र एक रोमान्टिक गीत सार्वजनिक भइसकेका छन् । यस फिल्मको प्रचार सामाग्रीले यतिबेला फिल्म ‘कायरा’ लाई ठूलो असर पुगेको छ । गएको १ महिना अगाडि फिल्म ‘कायरा’ को ट्रेलर रिलिज भएको थियो र, त्यसको केहि दिन नवित्दै ‘इन्टु मिन्टु…’ को टिजर इन्टरनेट रिलिज भयो ।

रिलिज डेट फरक-फरक भएपनि दुवै फिल्मको प्रचार सामग्री एकै समयमा बाहिरिँदा दर्शक कन्फ्यूज भइरहेका छन् । यस्तै, बुधवार ‘इन्टु मिन्टु…’ को पहिलो गीत सार्वजनिक भयो । उता ‘कायरा’ को दोस्रो गीत बिहीवार यूट्युबमा आयो ।

यी दुवै फिल्मका गीत एकैदिन रिलिज हुने चर्चा भएता पनि २४ घण्टाको अन्तरमा रिलिज भए । दुवै फिल्म रोमान्टिक छन् भने अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नै प्रमुख फिचर्ड छिन् । अब दर्शकले दुवै गीत एउटै फिल्मका हुन् भन्ने नसम्झन के बेर ?

हुनत, अहिलेका दर्शक बाठा छन् । कुन फिल्मको गीत भन्ने बुझाउन गाह्रो छैन । तर, एउटै अभिनेत्रीको दुई फिल्मका गीत सँग-सँगै जसो रिलिज हुँदा दुवै फिल्मको हाइप बन्न पाउँदैन र त्यसको असर फिल्मको व्यापारमा पर्न जान्छ ।

‘कायरा’ रिलिजपछि ‘इन्टु मिन्टु लण्डनमा’ का प्रचार सामाग्री सार्वजनिक गर्दा कुनै ढिलाई हुने देखिन्न । डेढ महिनामा फिल्मको गतिलै प्रचार गर्न सकिन्छ । तर, किन हतार-हतारमा ‘कायरा’ लाई असर पर्ने गरि फिल्मका गीत र टिजर सार्वजनिक गरिँदैछ ? यसले जो कोहिंलाई आश्चर्यमा पारेको छ ।

कतै निर्माता-निर्माता बीचको द्वन्द्वमा साम्राज्ञी त परेकी छैनन् ? एउटा कुरा त के पक्का छ भने ‘कायरा’ ले बक्सअफिसमा जस्तोसुकै नतिजा ल्याएपनि साम्राज्ञीका कारण त्यसको प्रत्यक्ष असर ‘इन्टु मिन्टु लण्डनमा’ ले भोग्नै पर्ने हुन्छ । फिल्मीखबरबाट 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);