कालीमाटीमा दैनिक ३ करोड बढीको तरकारी खपत | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

कालीमाटीमा दैनिक ३ करोड बढीको तरकारी खपत

kalimati tarkari

अप्सरा लमिछाने

काठमाडौं, ११ साउन । कालीमाटी तरकारी बजारमा दैनिक ३ करोड भन्दा माथीको तरकारी खपत हुने गरेको छ । दैनिक यति धेरै रकमको तरकारी खपत हुने गरे पनि कृषकहरुले भने उचित मूल्य पाउन नसकेको एक प्रतिवेदनले देखाएको छ ।

नेपाललाई कृषि प्रदान देशका रुपमा चिनिन्छ । सरकारले कृषिलाई आधुनिकिकरण गर्ने उदघोष गरिरहेको छ । तर कृषकहरुले आफुले उत्पादन गरेका समानको उचित मुल्य पाउन सकेका छैनन् ।

हालै उपभोक्ता संरक्षण मञ्चले निकालेको प्रतिवेदन अनुसार काठमाडांै उपत्यकाको कालीमाटी तरकारी बजारमा नेपालका विभिन्न स्थानबाट दैनिक ३ करोड भन्दा माथीको तरकारी खपत हुने गरेको विवरण उल्लेख छ ।

यती धेरै मात्रामा तरकारी खपत हुँदा कृषकहरुले भने उचित मुल्य पाएका छैनन् । कृषकले १५ रुपैयाँ प्रतिकिलो बेचेको तरकारीको मुल्य विचौलियाका कारण उपभोक्ताको भान्सासम्म पुग्दा ५ गुणाभन्दा बढी बढेर ८० रुपैयाँ केजीसम्म पर्न आउँछ ।

उपभोक्ता संरक्षण मञ्चले सार्वजनिक गरेको प्रतिवेदनमा कृषकले कम मुल्य पाएको, कृषक ठगिएको, उपभोक्ताले किन्ने र कृषकले पाउने मुल्यमा कैयौ गुणाको अन्तर, विचौलियाको हालीमुहाली, गुणस्तर ढुवानी र भण्डारणमा समस्या जस्ता विषय उल्लेख छन् ।

यतिबेला कृषकहरुले उचित मूल्य नपाएको भन्दै बाटोमा दुध पोखेर विरोध जनाईरहेका छन् । कतै आफुले ६ महिना वर्षदिन लगाएर उत्पादन गरेको चिजको कम मुल्य पाएको भन्दै विरोधका भइरहेको छ ।

कृषि मन्त्री चक्रपाणी खनाल भने भएका कानुनलाई लागु गर्न नसकेका कारण किसानहरु ठगिएको बताउँछन् । कृषकले उत्पादन गरेको तरकारीको उचित मुल्य नपाउनु तथा उत्पादन गरिएका तरकारी पनि भौगोलिक विकटताका कारण बजारसम्म पुर्याउन नसक्नुले कृषकहरु निराश हुने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);