एजेन्सी, १० साउन । दक्षिण अफ्रिकाको राजधानी जोहान्सवर्गमा १० औं ब्रिक्स शिखर सम्मेलन जारी छ । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका राष्ट्रप्रमुखहरु सहभागी सम्मेलनमा अन्तर्राष्ट्रिय व्यापार व्यवसायको प्रबद्र्धन, पर्यटन र पूर्वाधार विकास लगायतका विषयमा मिलेर अघि बढ्ने भन्नेमा छलफल भइरहेको जनाइएको छ ।
ब्रिक्समा आवद्ध राष्ट्रहरुको शिखर सम्मेलन दक्षिण अफ्रकाको राजधानी जोहान्सवर्गमा भइरहेको छ । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका राष्ट्रप्रमुखहरु सहभागी सम्मेलन शुक्रबारसम्म चल्ने छ ।
शिखर सम्मेलनमा अन्तर्राष्ट्रिय व्यापार व्यवसायको प्रवद्र्धन, पर्यटन र पूर्वाधार विकास लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ । व्यापारका लागी अवसर जुटाउने र अमेरिकी दबाबबाट कसरी मुक्त हुनेभन्ने जस्ता विषयले सम्मेलनमा प्रवेश पाएको छ ।
त्यस बखत अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागी पनि ध्यान दिनुपर्नेतर्फ ध्यानाकर्षण गराइएको जनाइएको छ । व्यापार व्यवसायको क्षेत्रमा अमेरिकाले लिएको नीति र त्यसबाट पर्ने असरका बारेमा पनि राट्रप्रमुखकाबीच छलफल हुने जनाइएको छ ।
रुसका राष्ट्रपति भ्लादमिर पुटिन चीनका राष्ट्रपति सिजिन पिङ, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसा, भारतका प्रधानमन्त्री नरेन्द्रमोदी र ब्राजिलका राष्टपति मिशेल टेमरवीच शुक्रबार बेग्लाबेग्लै भेटवार्ता हुने बताइएको छ ।
सम्मेलनमा चीनका राष्ट्रपति सिजिन पिङले अमेरिकाद्धारा लगाइएको व्यापार शुल्क वृद्धि प्रति चिन्ता व्यक्त गर्दै त्यसबाट असर पर्न सक्ने बताए । ब्रिक्स सम्मेलनले यसमा आबद्ध ५ राष्ट्रका साझा समस्यालाई केलाएर त्यसको समाधानका लागि सदस्य राष्ट्रहरुको पहल तर्फ ध्यान दिने र तत्काल समाधान गर्न सकिने समस्यालाई निराकरण तर्फ लगिने जनाइएको छ ।