अफ्रिकन युनियन जी–२० को स्थायी सदस्यका रूपमा समावेश | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८३, शुक्रबार

अफ्रिकन युनियन जी–२० को स्थायी सदस्यका रूपमा समावेश

नयाँ दिल्ली, भाद्र २३
भारतको नयाँ दिल्लीमा भइरहेको जी–२० शिखर सम्मेलनमा अफ्रिकी संघलाई स्थायी सदस्यका रूपमा समावेश गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गर्नु भएको हो ।

जी २० समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, कोरिया गणतन्त्र, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, बेलायत र अमेरिका रहेका छन् ।

समूहको २० औं सदस्य युरोपेली संघ हो । अफ्रिकन युनियन यस संस्थामा स्थायी सदस्य बनेपछि अहिले १९ देश र दुई महासंघ सदस्य भएका छन् ।

Leave a Reply