हङकङमा १८८४ पछिकै अत्याधिक वर्षा, जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

हङकङमा १८८४ पछिकै अत्याधिक वर्षा, जनजीवन प्रभावित

हङकङमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ । हङकङ अब्जर्भेटरी (एचकेओ) ले बिहीवार रातिदेखि हङकङका अधिकांश भागमा ७० मिलिमिटरभन्दा बढी वर्षा भएको जनाएको छ ।

नयाँ क्षेत्रको उत्तरपूर्वी भाग र हङकङ टापुको काउलुनमा पनि दुई सय मिलिमिटर भन्दा बढी पानी रेकर्ड गरिएको छ । अब्जर्भेटरी मुख्यालयले राति ११ बजेको बीचमा प्रतिघण्टा १५८.१ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । हङकङमा यो १८८४ पछिकै अत्याधिक धेरै वर्षा हो ।
हङकङ अब्जर्भेटरीले भारी वर्षाले खतरा निम्त्याउन सक्ने भन्दै ब्ल्याक रेन स्ट्रोम जारी गरेको छ । व्यापक बाढीले गर्दा सडक र रेल यातायात अवरुद्ध भएको छ । भारी वर्षाका कारण शिक्षा व्यूरोले सबै विद्यालयमा हुने पठनपाठनलाई स्थगित गरेको छ ।

केही सार्वजनिक बस सेवाहरु बन्द गरिएका छन् भने सरकारी कामकाजलाई घरैबाट गर्न कर्मचारीलाई निर्देशन दिइएको छ । गृह मामिला विभागले विभिन्न स्थानहरुमा सुरक्षाको लागि सेल्टरहरु स्थापना गरेकको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);