हिमाचलमा मृत्यु हुनेको संख्या ३३० पुग्यो,७६५९ करोडको क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

हिमाचलमा मृत्यु हुनेको संख्या ३३० पुग्यो,७६५९ करोडको क्षति

एजेन्सी,१ भदौ । हिमाचल प्रदेशमा प्रकोपका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढिरहेको छ । बिहीबार तीन नयाँ मृत्युसँगै राज्यमा मृत्यु हुनेको संख्या ३३० पुगेको छ । प्रदेशमा पहिरोका बढ्दो घटनाका कारण १९५७ घर भत्किएका छन् भने ९ हजार ३ सय ४४ घरमा आंशिक क्षति पुगेको छ । यसैबीच बाढीले २९३ पसल र ४ हजार ७२ गौशाला भत्किएका छन् ।

दुई महिनादेखि परेको अविरल वर्षामा राज्यमा १ सय १३ वटा पहिरोका घटना भएका छन्, जुन ठूलो जनधनको क्षतिको कारण बनेको छ । मनसुनमा राज्यका पाँच जिल्लामा ५८ वटा बादल पड्किएका छन् । चल–अचल सम्पत्तिमा ७६५९ करोड रुपैयाँ नोक्सान भएको छ ।

जलशक्ति विभागलाई १८४२ करोड, सार्वजनिक निर्माण विभागलाई २६५६ करोड, राज्य विद्युत बोर्डलाई १५०५ करोड, बागवानी विभागलाई १४४ करोड, कृषि विभागलाई २५६ करोड, ग्रामीण विकास विभागलाई ३६९ करोड र शिक्षा विभागलाई ३६९ करोड रुपैयाँ नोक्सान भएको छ । ११८ करोडको घाटा बेहोरेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार मनसुन सामान्य हुने पूर्वानुमान जारी गरेको छ । यसैबीच, कतै पनि भारी वर्षाको चेतावनी जारी गरिएको छैन । पछिल्लो २४ घण्टामा मण्डीमा ६० मिलिमिटर, नगरोटामा २४ र डलहौजीमा २३ मिलिमिटर वर्षा भएको छ ।

मनसुन सुरु भएसँगै हिमाचलको जनजीवन नराम्ररी प्रभावित भएको छ । मौसमले बारम्बार राहत र उद्धार कार्यमा अवरोध खडा गरिरहेको छ । भारी वर्षा र पहिरोका कारण ६५० सडक अझै बन्द छन् । जसका कारण यातायात संस्थानका १८ सय रुट प्रभावित भएका छन् ।

मण्डी जिल्लाका अधिकतम ३१९, शिमलाका ११९, सोलनका ६६, कुल्लुका ७३ सडक यातायातका लागि बन्द छन्। यस्तै २८५ योजनाका ११ सय ३५ वटा ट्रान्सफर्मर खानेपानी ठप्प छन् । मण्डीका ६ सय ७३ र सिमलाका ३ सय १४ वटा ट्रान्सफर्मरमा विद्युत् कटौतीको समस्या छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);