बिमल जैरु
डडेल्धुरा, १० साउन । डडेल्धुराको अलिताल गाउँपालिकाका कृषक केराखेतीतर्फ आर्कषित भएका छन् । कराखेतीबाट कृषकले बार्षिक दुई लाख भन्दा धेरै आम्दानी गर्न सफल भएका छन् ।
डडेल्धुराको अलिताल गाउँपालिकाका कृषक केराखेतीतर्फ आर्कषित भएका हुन् । २०५५ साल देखि उन्नत जातको केराखेती गर्दै आएका कृषकले बर्षिक दुई लाख भन्दा धेरै आम्दानी गर्ने गरेका छन् ।
केराको माग धेरै भएकाले व्यवसायीकरण गर्न विशेष योजना बनाउन कृषकले स्थानीय सरकारसँग माग गरेका छन् । आधुनिक प्रविधि, केराको विरुवा, बजारको व्यवस्थापन गर्नुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।