शेरबहादुर तामाङलाई राजीनामा दिन नेपाल कम्युनिष्ठ पार्टीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

शेरबहादुर तामाङलाई राजीनामा दिन नेपाल कम्युनिष्ठ पार्टीको निर्देशन

ser bahadur tamang

काठमाडौं, ८ साउन । नेपाल कम्युनिष्ट पार्टीको निर्देशन पछि कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिने भएका छन् ।

बंगलादेशमा एमबीबीएस अध्ययनका लागि जाने छात्राका विषयमा दिएको एक अभिव्यक्तिपछि विवादीत बनेका मन्त्री तामाङलाई नेकपाले राजिनामा दिन निर्देशन दिएको थियो । उनको यो अभिव्यक्तिको चर्को आलोचना भएपछि पार्टीले उनँलाई राजीनामा दिन निर्देशन दिएको हो । सोमबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको बैठकले तामाङलाई राजीनामा दिन निर्देशन दिएको हो ।

पार्टीको निर्देशनपछि तामाङले आज दिउँसो दुई बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् । यसअघि आफ्नो अभिव्यक्तिप्रति उनले माफी मागेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);