पुष्कर भट्ट
कञ्चनपुर, ७ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट पार्किङ शुल्क उठाउने जिम्मा पाएको ठेकेदारले जथाभावि शुल्क उठाउने गरेको पाइएको छ । पर्किङ शुल्क बापत धेरै रकम तिर्नुपरेको पर्यटकले गुनासो गरेका छन् ।
कञ्चनपुरको बजार क्षेत्रमा पार्किङ शुल्क उठाउने जिम्मा पाएको कम्पनीले जथाभावि पार्किङ शुल्क उठाउने गरेको छ । विदेशी सवारी साधन महेन्द्रनगर बजारको पार्किङ्ग क्षेत्रमा प्रवेश गरे बापत लिईने शुल्कको ठेक्का बालाजी पवन दिप निर्माण सेवाले लिएको छ ।
तर निर्माण सेवाले पार्किङ शुल्कका नाममा साना गाडीबाट १ सय ६० र ठुला गाडीबाट ४ सय ८० रुपैयाँ लिने गरेको छ । पर्यटकहरुले राजमार्गमा पार्किङको नाममा धेरै पसै तिर्नु परेको गुनासो गरेका छन् ।
नगरपालिकाले आफुलाई सबै वडामा कर उठाउने जिम्मा दिएको निर्माण सेवाको भनाइ छ। तर नगरपालिकाले राजमार्गमा पार्किङ शुल्क उठाउने अधिकार निर्माण सेवलाई नदिएको बताएको छ।
महेन्द्रनगर बजारको पार्किङ शुल्क उठाउने जिम्मा निर्माण सेवाले भ्याट सहित ३७ लाखमा गत असारमा ठेक्का पाएको थियो ।