काठमाडौं, ७ साउन । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले भूमिसम्बन्धि कामलाई सहज बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा ‘भूमि शब्दकोश’ नामक पुुस्तकको लोकार्पण गर्दै मन्त्री खानालले भूमि व्यवस्थाको कामलाई सहज बनाउने गरी संग्राहलय नै स्थापना गर्न आवश्यक रहेको बताए ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयद्धारा प्रकाशित पुस्तकमा भूमिसम्बन्धि शब्दहरुको अर्थलाई सरल ढंगले व्याख्या गर्ने प्रयास गरिएको छ । जग्गा प्रशासनका सम्बन्धमा सेवाग्राही र सेवा प्रदायक संस्थाहरुबीच बुझाईमा समस्या आउन नदिन पुस्तक उपयोग हुने मन्त्रालयको विश्वास छ ।