भूमि सम्बन्धि आवश्यक कानुन निर्माणको काम भईरहेको छ : मन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भूमि सम्बन्धि आवश्यक कानुन निर्माणको काम भईरहेको छ : मन्त्री अर्याल

padma aryal

काठमाडौं, २१ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले आफू मातहतको मन्त्रालयको सबै समस्या समाधान हुनेगरी आवश्यक कानुन निर्माणको काम भईरहेको बताइन् ।

मन्त्री अर्यालले संघीय संसदको हिउँदे अधिवेशन सुरु हुने वित्तिकै भूमि सम्बन्धि सबै कानुन निर्माण हुने गरी सो सम्बन्धि विधेयक निर्माण भईरहेको जानकारी दिइन् । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भूमिसम्बन्धि आवश्यक कानुन निर्माणका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल भईरहेको बताइन् ।

मन्त्री अर्यालले कानुन निर्माण भएपछि सुकुम्बासी समस्या समाधानमा आफू केन्द्रित हुने बताइन् । उनले अव्यवस्थित बसोबास, जोखिमयुक्त बस्ती व्यवस्थापनको कामलाई पनि आफूले उच्च प्राथमिकता राखेको स्मरण गराइन् । सुकुम्बासी समस्या समाधानका लागि शक्तिशाली आयोग बनाउने मन्त्री अर्यालको योजना छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);