गोबिन्द केसीको मागमा कांग्रेसले राजनीति गर्‍यो : उपप्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

गोबिन्द केसीको मागमा कांग्रेसले राजनीति गर्‍यो : उपप्रधानमन्त्री

विराटनगर, ५ साउन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले चिकित्सक गोबिन्द केसीको मागलाई राजनीतिकरण गरिएको बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले चिकित्सक केसीका जायज माग पुरा गर्न सरकार तयार रहेको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेसले केसीको मागमा राजनीति गरेको आरोप लगाए।

लोकतान्त्रिक विधि र पद्धति तथा संसदीय पद्धती नमानि सडकबाटै समाधान खोज्ने प्रवृति गलत भएको उनको भनाइ छ । उनले विधि र प्रक्रिया मान्दिन भन्नु अधिनायकवाद भएको टिप्पणी गरे । उनले सरकार स्वास्थ्य तथा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);