एक किलो नक्कली सुनसहित तीन पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एक किलो नक्कली सुनसहित तीन पक्राउ

काठमाडौं, ४ साउन । प्रहरीले एक किलो नक्कली सुनसहित तीन जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरले नक्कली सुन बिक्री गर्न हिँडिरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौको जोरपाटी बस्ने २३ बर्षीका राज लामा तामाङ, नुवाकोट घर भई हाल जोरपाटी बस्ने २६ बर्षका म्लाङसिंह लामा र सोलुखुम्बु घर भई हाल कपन बस्ने टासी लाक्पा शेर्पा रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट एक किलो नक्कली सुनको विस्कुट, बेरुवा औँठी र एक थान नक्कली सुनको सिक्री बरामद गरिएको जनाएको छ ।

पक्राउ परेकामध्ये राज लामा यसअघि नै ठगी मुद्धा चलेका व्यक्ति हुन भने, टासी लाक्पा शेर्पा २०५८ सालमा आफ्नै फुपुको हत्या गरी कर्तब्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);