संविधान संशोधन विधेयक पास हुन नदिने एमालेको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

संविधान संशोधन विधेयक पास हुन नदिने एमालेको चेतावनी

कठमाडौं, ४ भदौ । नेकपा एमालेले सरकारलाई संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ पेश नगर्न चेतावनी दिएको छ । आईतबार बसेको व्यवस्थापिका संसदको बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै एमालेका सांसदहरुले संविधान संशोधन विधेयक निर्णयार्थ पेश भए पारित हुन नदिने चेतावनी दिए ।

 

सरकारले सोमबार विधेयकलाई संसदमा निर्णयार्थ पेश गर्ने तयारी गरिरहेको छ । तर विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका एमालेका सांसदहरुले विधेयक विषयबस्तु र प्रक्रिया दुवै हिसावले बेठिक भएकाले यसलाई निर्णयार्थ पेश नगर्न सरकारसँग माग गरेका छन् ।

 

संसदमा कसले के भने ?
एमाले सांसद भरतमोहन अधिकारीले जनताको राय लिएर मात्रै संविधान संशोधन विधेयक अघि बढाउन सरकारसँग माग गरे । उनले विधेयकमा गम्भीर विषयबस्तु समावेश गरिएको दावी गर्दै त्यसको छिनोफानो गर्न विषयगत समितिमा विज्ञहरुसहित छलफल गर्नुपर्ने आवश्यक्ता औल्याए ।

 

एमालेका अर्का सांसद राजन भट्टराईले विधेयक प्रक्रिया र विषयबस्तु दुवै हिसावले गलत भएकाले यसलाई फिर्ता लिन सरकारसँग माग गरे । उनले सत्तापक्षले पारित गर्ने मनसायले विधेयकलाई संसदमा निर्णयार्थ पेश गर्ने तयारी नगरेको दावी गरे ।

 

एमालेकै सांसद रविन्द्र अधिकारीले विधेयक पारित नहुने दावी गरे । उनले विधेयक संविधान विपरित रहेकाले आफूले संशोधन प्रस्ताव दर्ता गराउनु परेको स्पष्ट पारे । एमालेले पटक पटक संविधान संशोधन विधेयक राष्ट्रहित विपरित रहेको उल्लेख गर्दै पारित हुन नदिने अडान राख्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);