संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी

nepali congress

काठमाडौं, २ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जबर्जस्ती अघि बढाए संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जबर्जस्ती अघि बढाए संघीय संसद र सबै प्रदेशका प्रदेश सभा पनि अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।

बुधबार काठमाडौंमा संचारकर्मीमाझ कुराकानी गर्दै उनले बिहीबार प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भएकाले गण्डक प्रदेशको सभा भने अवरुद्ध नपार्ने स्पष्ट पारे । जिम्मेवार प्रतिपक्ष भएको नाताले प्रधानमन्त्रीले बिहिबार सम्बोधन गर्ने गण्डक प्रदेशको सभा भने अवरुद्ध नपार्ने पार्टीको नीति रहेको प्रवक्ता शर्माको भनाई छ ।

असोजको पहिलो हप्ता भित्र पार्टीको महासमिति बैठक
यसैबीच, नेपाली काँग्रेसले ढिलोमा आगामी असोजको पहिलो हप्ता भित्र पार्टीको महासमिति बैठक बोलाउने भएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भदौको मसान्त वा असोजको पहिलो हप्ता भित्र पार्टीको महासमिति बैठक बोलाउने जानकारी दिए ।

उनले पार्टीको विधान मस्यौदा समिति बिहीबार गठन हुने विश्वास व्यक्त गरे । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानमा बस्ने सदस्यहरुको नामावली दिने सहमति गरेको उल्लेख गर्दै उनले विहीबार विधान मस्यौदा समिति गठन हुने विश्वास व्यक्त गरे ।

काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच विधान मस्यौदा समिति निर्माणका विषयमा बुधबार विहान छलफल भएको थियो । सोही छलफलमा नेताहरु विधान मस्यौदा समिति गठन गर्न सहमत भएको प्रवक्ता शर्माले बताए । विधान मस्यौदा समिति बढिमा ११ सदस्यीय हुने गरी छलफल अघि बढाएको उनले बताए ।

विधानलाई टोल समितिसम्म छलफल गरेर पारित गर्ने विधि पनि तय गरिएको नेपाली काँग्रेसले जनाएको छ । प्रवक्ता शर्माले विधानमा व्यापक छलफल गरी टुंगो लगाउन कम्तिमा ४० दिन लाग्ने र त्यस लगत्तै महासमिति बैठक बोलाउने तयारी गरिएको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);