ललितपुर महानगरपालिकाकाे बजेट ४ अर्ब ६१ करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ललितपुर महानगरपालिकाकाे बजेट ४ अर्ब ६१ करोड

lalitpur

ललितपुर, ३२ असार । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको छ । महानगरपालिकाको दोस्रो नगरसभाले महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ७२ लाख ८७ हजार बजेट पारित गरेको हो ।

नगरसभाले पारित गरेको निर्णय सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गर्दै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बेरुजु फस्र्यौटका लागि महानगरपालिकालाई नगरसभाले निर्देशन दिएको पनि स्पष्ट पारे ।

नगरसभाद्वारा पारित महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा चालू आर्थिक वर्षमा पूँजीगत तर्फ ९८ लाख र चालूतर्फ ४९ लाख २० हजार विभिन्न शीर्षकमा रकमान्तर  गरिएको पनि उल्लेख गरिएको छ ।

महानगरपालिकाले चालू आर्थिक वर्षको चैत्र भन्दा अगाडि असुल गरेको घर बहाल कर तत्काल फिर्ता गर्न पनि नेपाल सरकारसँग माग गरेको छ । स्थानीय कर नेपाल सरकारले लिन नपाउने व्यवस्था अनुसार चैत्र अगाडि असुल गरिएको घर बहाल कर तत्काल उपलब्ध गराउन सरकारसँग माग गरिएको महानगरपालिकाका मयेर महर्जनले जानकारी दिए ।

महानगरपालिकाले वडालाई विकासको केन्द्र विन्दु बनाउने अभियान पनि संचालन गर्ने योजना अघि सारेको छ । महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रममा ‘एक घर एक उद्यम’ को अवधारणा पनि अघि सारिएको छ ।

त्यसैगरी महानगरपालिका क्षेत्र भित्रका भूकम्प प्रभावितहरुको लाभग्राहीको नाम सूचिमा समावेश भएका व्यक्तिलाई ३ हजार वर्ग फुटसम्मको क्षेत्रफलको नक्सापास दस्तुर मिनाहा गरिएको पनि मेयर महर्जनले बताए ।

मापदण्ड विपरित निर्माण भएका भवनहरुलाई पनि करको दायरामा ल्याउने योजना अघि सारिएको छ । महानगरपालिकाले खानेपानी व्यवस्थापनका लागि पानी बोरिङको वैज्ञानिक अध्ययन गर्ने निर्णय पनि गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);