प्रतिनिधिसभामा पूर्वसांसद आलमको शोक प्रस्ताव पारित | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

प्रतिनिधिसभामा पूर्वसांसद आलमको शोक प्रस्ताव पारित

samsadh office

काठमाडौं, ३१ असार । प्रतिनिधिसभाले पूर्वसांसद मोहम्मद मुस्तक आलमप्रति शोक प्रस्ताव पारित गरेको छ । आईतबारको प्रतिनिधिसभा बैठकले आलमको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

आलम २०७० सालमा तत्कालिन मधेसी जनअधिकार फोरमको तर्फबाट रौतहट जिल्ला, क्षेत्र नम्बर २ बाट संविधानसभामा निर्वाचित भएका थिए । हाल नेपाल कम्युनिष्ट पार्टीका सदस्य आलमको ५३ बर्षको उमेरमा बाँसवारीस्थित गंगालाल अस्पतालमा हृदयरोगको उपचारको क्रममा असार २९ गते बेलुका निधन भएको थियो ।

आलमको निधनमा प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव पारित गर्दै समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठ असार ३२ गते दिउँसो १ बजेका लागि बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);