सरकारी कर्मचारी कम्पनीको सञ्चालक बन्न नपाउने | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

सरकारी कर्मचारी कम्पनीको सञ्चालक बन्न नपाउने

karmachari

काठमाडौं, ३१ असार । उर्जा सचिव अनुपकुमार उपाध्याय जलविद्युत तथा विकास कम्पनी, उत्पादन र राष्ट्रिय ग्रीड कम्पनीको अध्यक्ष छन् । तर, साउन १ गतेदेखि उनले सो पदबाट राजीनामा दिनुपर्नेछ ।

सचिव उपाध्यायमात्र होइन, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ दूरसञ्चार कम्पनीको अध्यक्ष छन् भने, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चिलिमे, माथिल्लो तामाकोसीका साथै प्राधिकरणले निर्माण गरेको एक दर्जन कम्पनीको अध्यक्ष छन् । उनले पनि साउनदेखि यी पदबाट राजीनामा दिनुपर्नेछ ।

धितोपत्र बोर्डले कर्मचारी, लेखापरीक्षक, सल्लाहकार, कार्यकारी प्रमुख, बिमा सर्भेयर, बिमा दलाल, बिमा अभिकर्ता वा तेस्रो सहजकर्ता तथा एउटा कम्पनीमा कार्यरत सञ्चालक कुनै कम्पनीको अध्यक्ष वा सञ्चालक हुन नपाउने व्यवस्थासँगै यस्तो अवस्था सिर्जना भएको हो । आजको कारोबारको पहिलो पृष्ठमा समाचार छापिएको छ ।