एजेन्सी, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जारी बेलायत भ्रमणको दोस्रो दिन पनि विरोध प्रदर्शन भएको छ । ट्रम्पको विरोधमा स्कटल्याण्डको राजधानी एडिनबरामा ठूलो भिड जम्मा भएको थियो । अन्य शहरमा पनि -याली आयोजना गरिएका थिए।
तर, लण्डनमा भएजस्तो ठूलो भिड त्यहाँ नरहेको बीबीसीले उल्लेख गरेको छ । शुक्रबार लण्डनमा भएका विरोध प्रदर्शनमा अढाई लाख मानिस जम्मा भएको आयोजकहरूले बताएका छन् ।