ट्रम्पले सार्वजनिक गरे किमले लेखेको चिट्ठी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

ट्रम्पले सार्वजनिक गरे किमले लेखेको चिट्ठी

trump- kim

एजेन्सी, २९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनले लेखेको चिट्ठी ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । चिट्ठीमा किमले अमेरिकासँगको सम्बन्धबाट नयाँ भविष्यको अपेक्षा व्यक्त गरेका छन् । ट्रम्पले यो चिट्ठीलाई निकै उत्कृष्ट भनेका छन् ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जङ–उनले पठाएको चिट्ठी चार पानामा छ र ट्रम्पले त्यसको अंग्रेजी अनुवाद गरी ट्वीट गरेका छन् । ट्रम्पले सार्वजनिक गरेको चिट्ठीमा उत्तर कोरियाले परमाणु हतियार निशस्त्रिकरणका लागि गरिरहेको वा गर्ने कामका बारेमा केही उल्लेख गरिएको छैन । गएको महिना अर्थात जुन १२ मा सिंगापुरमा भएको ऐतिहासिक ट्रम्प किम वार्ताको मुख्य मुद्दा नै उत्तर कोरियाको परमाणु कार्यक्रम र त्यसको निशस्त्रिकरण रहेको थियो ।

उत्तर कोरियामाथि अमेरिकाले संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध उल्लंघन गरेको आरोप लगाइरहेका बेला ट्रम्पले ट्वीटरमार्फत चिट्ठी सेयर गरेका हुन् । उत्तर कोरियाले प्रतिबन्धका बाबजुद विभिन्न देशबाट तेल ल्याउने गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । गएको डिसेम्बरमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियामाथि वर्षको पाँख ब्यारेल तेल मात्रै निर्यात गर्न पाउने गरी प्रतिबन्ध लगाएको थियो ।

चिट्ठीमा किमले सम्बन्ध सुधारका लागि ट्रम्पले गरेको प्रयासको प्रशंसा गरेका छन् । उनले अमेरिका र उत्तर कोरियाबीच विश्वासको वातावरण थप बलियो बनाउनु पर्नेमा जोड दिएका छन् । दुई देशबीचको सम्बन्ध हुँदै गएको महत्वपूर्ण सुधारले आफूहरुबीचको आउँदो बैठक थप प्रभावकारी हुने अपेक्षा किमले व्यक्त गरेका छन् ।

चिट्ठी सार्वजनिक गर्दै ट्रम्पले ठूलो प्रगति भएको उल्लेख गरेका छन् । तर, उनले यसबारे विस्तृतमा केही उल्लेख गरेका छैनन् । १२ जुनमा सिंगापुरमा दुई नेताबीच एक सम्झौतामा हस्ताक्षर भएको थियो । जसमा कोरियाली प्रायद्विपमा परमाणु निशस्त्रीकरणको प्रतिबद्धता पनि समेटिएको थियो ।

त्यसको बदलतामा अमेरिका दक्षिण कोरियामा आफ्नो सैन्य अभ्यास बन्द गर्न सहमत भएको थियो । तर, कतिपय आलोचकले डोनल्ड ट्रम्प उत्तर कोरियाली नेतासँग परमाणु हतियार नस्ट गर्ने सम्बन्धमा ठोस आश्वासन लिन असफल भएको टिप्पणी गरेका छन् । गत सातामात्रै निशस्त्रीकरणका लागि अमेरिकाले ग्याङस्टारजस्तो हथकन्डा अपनाइरहेको आरोप उत्तर कोरियाले लगाएको थियो ।